नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीले मन्त्रालयको कार्यभार सम्हालनेका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्। उनलाई मन्त्रालयका सचिव कृष्णहरी पुस्कार लगायतका कर्मचारीले स्वागत गरेका थिए। 
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक रहेका भण्डारीलाई स्वागत गर्न अन्य व्यक्तिहरू पुगेका थिए।
यस विषयमा उनले नेपाल प्रहरीमा कार्यरत रहँदा अमेरिका र बेलायतमा तालिम गरेका छन्। द्वन्द्व व्यवस्थापनमै विभिन्न देशमा काम गरेको अनुभव पनि उनीसँग छ। 








135
Shares

प्रतिक्रिया