राजनीति


प्रतिनिधि सभा विघटन गर्ने काम प्रतिगामी हो, तर पुनर्स्थापना सान्दर्भिक छैन : ईश्वर पोखरेल

प्रतिनिधि सभा विघटन गर्ने काम प्रतिगामी हो,  तर पुनर्स्थापना सान्दर्भिक छैन : ईश्वर पोखरेल

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १६:२६, काठमाडौँ

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि सभा पुनर्स्थापना अहिले सान्दर्भिक नरहेको बताएका छन्। 

११ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी बन्ने तयारी गरिरहेका पोखरेले बुधबार पत्रकारहरूसँग आयोजना गरेको अन्तरक्रियामा प्रतिनिधि सभा विघटनलाई भने प्रतिगामी रहेको टिप्पणी गरे।

‘प्रतिनिधि सभा विघटन गर्ने काम प्रतिगामी हो,’ पोरखेलले भने, ‘तर, अहिले प्रतिनिधि सभा पुनर्स्थापना सान्दर्भिक छैन।’

उनले यो अहिले अदालतमा विचाराधीन विषय रहेको भन्दै धेरै टिप्पणी भने नगर्ने बताए। 

नेकपा एमाले भने प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेको छ। 

यद्यपि, पोखरेलले सर्वदलीय सरकार बनाउनुपर्ने जिकिर गरे। दलकै व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउनुपर्ने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad