सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले १४ रनमै चार विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले दोस्रो ओभरको पहिलो बलमा आकाश त्रिपाठीलाई गुमाएको हो। त्यतिवेला चार रन मात्रै बनाएको थियो।
त्यसपछि तेस्रो ओभरको पहिलो बलमा सन्नी पटेल आउट भएका थिए। उनी सात रन बनाएर आउट भए।
काठमाडौँले तेस्रो विकेटका रुपमा चौथो ओभरको पाँचौ बलमा मिलिन्द कुमारलाई गुमायो। उनी दुई रन बनाएर आउट भए।
त्यसपछि पाँचौ ओभरको पहिलो बलमा बेन चार्ल्सवर्थ आउट भए। उनले चार रन मात्रै बनाउन सके। त्यतिवेला काठमाडौँको १४ रन मात्रै भएको थियो।
लुम्बिनीका लागि शेर मल्ल र रुबेल ट्रम्पलम्यानले दुई-दुई विकेट लिए। अहिले काठमाडौँका भीम सार्की र जोन सिमसन क्रिजमा छन्।
Shares

प्रतिक्रिया