नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे अब पनि कुरा उठ्ने बताएका छन्।
११ औँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी बन्ने तयारीमा रहेका पोखरेल समूहले बुधबार काठमाडौँमा पत्रकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा पूर्वराष्ट्रपतिलाई पार्टी सदस्यता दिने कुरा संविधानले नरोक्ने प्रस्ट पारे।
‘विद्याजीको सदस्यताको बारेमा हाम्रो बुझाई के हो, मत के हो भने राज्यको संविधानले रोक्दैन भने, पार्टीको विधानले रोक्दैन भने, अन्तर्राष्ट्रिय प्राक्टिसले रोक्दैन भने, व्यक्तिको चाहना छ भने किन नपाउने? पाउनुपर्छ,’ पोखरेलले भने, ‘यो चिज हुँदैन भन्ने कुरा गलत हो भन्ने हामीले पार्टीभित्र राख्दै राख्दै आयौँ। अहिले पनि त्यो चीजलाई हामीले आफ्नो अवधारणामा राखेका छौँ। यसको अर्थ भोली के हुन्छ, त म यहाँहरुलाई भन्न चाहन्छु केन्द्रले निर्णय गरेपनि यो एजेन्डा यो हाईटमा उठाउन पर्ने विषय नै थिएन। तर अब यो एजेन्डा आउने दिनको लागि पनि ओपन भयो, ओपन छ, ओपन रहेनछ।’
Shares

प्रतिक्रिया