राजनीति


पोखरा विमानस्थल भ्रष्टाचार : विशेष अदालतमा अधिकारी र भण्डारीको बयान, मंगलबार थुनछेक

पोखरा विमानस्थल भ्रष्टाचार : विशेष अदालतमा अधिकारी र भण्डारीको बयान, मंगलबार थुनछेक

नेपालखबर
मंसिर २२, २०८२ सोमबार २२:१, काठमाडौँ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादीहरूको बयान सुरु भएको छ। यसअघि नलिनचोक हेलिपोर्ट भ्रष्टाचारको मुद्दामा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (निलम्बित) प्रदीप अधिकारी र पूर्व निर्देशक मुरारी भण्डारीको बयान सोमबार सकिएको हो। 

आइतबार नलिनचोकको मुद्दामा विशेष अदालतले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन र भण्डारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशपछि अधिकारीलार्र्र्र्र्र्र्ई डिल्लीबजार कारागार चलान गरिएको थियो। 

तर दुवै जनालाई सोमबार अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा उपस्थित गराएको हो। उनीहरूको थुनछेक सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुरु भएको हो। सोमबार दुवै जनाको बयान सकिएको र मंगलबार थुनछेक आदेश हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए। 

यसअघि आइतबार अधिकारीलाई थुनामा पठाउने आदेश गर्ने इजलासमा डिल्लीरत्न श्रेष्ठ पनि थिए। श्रेष्ठसँगै हेमन्त रावल र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश गर्दै भण्डारीसँग पाँच लाख धरौटी माग गरेको थियो। 

चिनियाँ कम्पनीसहित ५६ प्रतिवादीमध्ये ५४ जना भने फरार सूचीमा छन्। उनीहरूको म्याद तामेल गराउने प्रक्रिया सुरु गरिने रेग्मीले नेपालखबरलाई बताए। विशेष अदालतले बाटोको म्यादबाहेक १५ दिनभित्रमा हाजिर हुन भन्दै म्याद तामेल गराउनेछ। 

बाँकी ५४ प्रतिवादीहरू त्यसपछि आफैँ अदालतमा उपस्थित भएर बयान दिन र आफ्नो प्रतिरक्षा गर्न पाउनेछन्। यसबीचमा अब उनीहरूलाई पक्राउ भने गरिनेछैन।

यी पनि पढ्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad