राजनीति


एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

नेपालखबर
मंसिर २२, २०८२ सोमबार २२:६, काठमाडौँ

नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ। 

ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले जानकारी दिए। उनका अनुसार ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन्। 

प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुङ्गेलले प्रतिनिधि विवाद टुङ्गिएपछि कार्ड छपाइ प्रक्रिया पनि सुरु गरिएको जानकारी  दिए। उनले प्रतिनिधिलाई केही दिनभित्र नै कार्ड वितरण गर्ने बताए। 

समिति सचिव ढुङ्गेलले महाधिवेशनमा दुई हजार २६० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताए। महाधिवेशनका आयोजक प्रतिनिधिलाई रु तीन हजार र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार शुल्क तोकेको छ। 

एमालेको यही मङ्सिर २७ देखि २९ गतेसम्म महाधिवेशन काठमाडौँ हुँदैछ। महाधिवेशनले २५१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad