राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
काठमाडौँमा बस्ने गरी मंसिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको महामन्त्री राजेन्द्र गुरुङले बताए। बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गरिने भएको छ।
त्यससँगै केन्द्रीय कार्यसमितिको बैठकमा मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि लगायतका विषयमा पनि छलफल हुने महामन्त्री गुरुङले जानकारी दिए।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा. धवलशम्शेर जबराले पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। समसामयिक राजनीतिक युवा सहभागिता वृद्धि गर्ने, सङ्गठन सुदृढीकरण, पार्टीले उठाएका मुद्दाहरू स्थापित गर्ने विषयमा छलफल गरिने उनको भनाइ छ।
Shares

प्रतिक्रिया