सुपरहिट बलिउड फिल्म ‘थ्री इडियट्स’ को सिक्वेल बन्ने भएको छ। फिल्म रिलिजको १५ वर्षपछि सिक्वेल बन्न लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
योसँगै आमिर खान, करीना कपुर खान, आर. माधवन र शर्मन जोशी एकसाथ देखिनेछन्। राजकुमार हिरानीले सिक्वेलको स्क्रिप्ट तयार गरिसकेका छन्।
यस फिल्ममा निर्देशक हिरानीसहित विधु विनोद चोपडा, र आमिर खानको संयुक्त निर्माण रहनेछ। फिल्मको छायांकन भने सन् २०२६ बाट सुरू हुने बताइएको छ।
सिक्वेलको कथा पहिलो भाग जहाँबाट अन्त्य भएको थियो, त्यहीबाट सुरू हुनेछ। दर्शकहरूले रान्चो, फरहान, राजु र पियाको पुरानो आकर्षण हेर्न पाउनेछन्।
सन् २००९ मा रिलिज भएको ‘थ्री इडियट्स’ ले बक्सअफिसमा २ सय करोड भारतीय रुपैयाँको व्यापार गरेको थियो। योसँगै फिल्मले २ सय करोड क्लबमा पुग्ने पहिलो भारतीय फिल्मको इतिहास रचेको थियो।
Shares

प्रतिक्रिया