राजनीति


गृहजिल्ला पुगेर कुलमानले भने- देशको नेतृत्व गर्छु, मलाई सहयोग गर्नुहोस्

गृहजिल्ला पुगेर कुलमानले भने- देशको नेतृत्व गर्छु, मलाई सहयोग गर्नुहोस्

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १५:१३, काठमाडौँ

आगामी दिनमा आफूले देशको नेतृत्व गर्ने बताउँदै आफूलाई सहयोग गर्न उर्जामन्त्री कुलमान घिसिङले आग्रह गरेका छन्। 

शुक्रबार गृह जिल्ला रामेछाप पुगेका मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीमार्फत आफूले देशको नेतृत्व गर्ने संकेत गरेका हुन्। रामेछापको सुनापति गाउँपालिकामा सुनापती आधारभूत अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै उनले अब नेतृत्व गरेर सिंगो देशलाई नै उज्यालो बनाउन चाहेको बताए। मन्त्री घिसिङले भने, ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ। त्यसको लागि तपाईँहरूको साथ सहयोग आवश्यक छ।’

यसअघि उर्जा क्षेत्रको नेतृत्व गरेर देखाइसकेको बताउँदै उनले अब देशलाई उज्यालो बनाउन आफूले देशको नेतृत्व गर्न आवश्यक रहेको औल्याए। ‘सम्पूर्ण क्षेत्रलाई उज्यालो बनाउन देशको नेतृत्व गर्न आवश्यक छ भन्ने लागेको छ। यसको लागि साथ सहयोग गर्न म तपाईँहरूलाई आग्रह गर्दछु,’ घिसिङले भने। 

अहिलेसम्म कर्मचारीका रुपमा विभिन्न संघसंस्थाको नेतृत्व गरेको उल्लेख गर्दै अब फरक भूमिका आउन चाहेको बताए। ‘मैले लामो समयसम्म विद्युत् प्राधिकरण लगायत धेरै ठाउँमा काम गरे र एउटा नेतृत्वदायी भूमिकामा जाने मौका पाएँ,’ जनताको साथ, सहयोग, सद्‌भाव र विश्वासले काम गर्न सकेको बताउँदै उनले भने, ‘सबै जनताको विश्वास र जनताको चाहना अनुसार म एउटा मन्त्रीको रूपमा आएको छु। आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ।’

उनले केही दिनअघि मात्रै उज्यालो नेपाल पार्टी घोषणा गरेका थिए। पार्टी नेतृत्वमा नबसेको भए पनि विभिन्न क्षेत्रमा गइरहँदा पार्टीको प्रचार गरिरहेका छन्। त्यसै क्रममा उनले गृह जिल्लामा पनि आफूलाई सघाउन आग्रह गरेका हुन्र 

उनले आउँदो फागुन २१ गते हुने निर्वाचनमा जिम्मेवार निर्णय गर्न स्थानीय बासिन्दालाई अनुरोध गरे। सबैतिरबाट आफ्नो पार्टीलाई जिताएर आफूलाई देशको नेतृत्वमा पनि घिसिङले आग्रह गरे। 

२०७७ मंसिर १५ गते शिलान्यास गरिएको अस्पताल भवनबाट एक वर्ष अघिदेखि सेवा प्रदान गरिँदै आएको छ। सात करोड ९० लाख ७५ हजार दुई सय ८८ रुपैयाँमा अस्पताल निर्माण गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad