राजनीति


राप्रपा मधेस प्रदेश सभा सदस्य कञ्चन बिच्छाको सांसद पद गयो

राप्रपा मधेस प्रदेश सभा सदस्य कञ्चन बिच्छाको सांसद पद गयो

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १५:२७, काठमाडौँ

मधेस प्रदेश सभामा सदस्य कञ्चन बिच्छालाई सांसद पदबाट हटाइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी बिच्छालाई सो पार्टीको सिफारिसका आधारमा प्रदेश सभा सचिवालयले सांसद पदबाट हटाएको हो।

बिच्छालाई राप्रपाले ६ महिनाका लागि साधारण सदस्यबाट हटाई प्रदेश सभा सदस्यबाट समेत फिर्ता लिने निर्णय गरेको पत्र प्रदेश सभामा पठाएको थियो।

गत कात्तिक २४ गते तत्कालीन प्रदेश प्रमुख सावित्री सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई महोत्तरीको बर्दिबासस्थित एक होटलमा नियुक्तिपत्र दिएर त्यही शपथ गराएकी थिइन्। लगत्तै ३ मन्त्रीको शपथ पनि त्यहीँ भयो। 

तीमध्ये मन्त्रीको शपथ खाने राप्रपाकी एक्ली सांसद कञ्चन बिच्छा पनि थिइन्। 

संघीय लोकतान्त्रिक समाजवादीकी विमला अन्सारी र एमालेका लखन दाससँगै बिनाविभागीय मन्त्रीको शपथ खाएको खबर सार्वजनिक हुनेबित्तिकै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बिच्छालाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिँदै अन्यथा कारबाही गर्ने चेतावनी दिएका थिए। 

तर बिच्छाले मन्त्री पदबाट राजीनामा दिइनन्।  पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै राप्रपाले उनलाई कारबाही गरेको हो।

हाल अदालतको आदेशनुसार प्रदेश सभाबाट बिहीबार विश्वासको मत लिन खोजेका मुख्यमन्त्री यादवलाई विपक्षी दलले बहिष्कार गरेपछि पदबाट राजीनामा दिइसकेका छन्। 
मधेसमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad