बिराटनगर- नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर २ मा केपी ओली पक्षका बहुमत प्रतिनिधि निर्वाचित भएका छन्। ऋषिकेश पोखरेलसहित ओली पक्षका चार प्रतिनिधि चयन भएका हुन्।
मोरङ क्षेत्र नं.२ मदन भण्डारीको गृह क्षेत्र पनि हो। मोरङ क्षेत्र नं.२ रतुवामाइ नगरपालिकाका समेत पर्छ। विद्या भण्डारीको प्रभाव क्षेत्र मानिने सो नगरपालिकामा ओली समूहको वर्चश्व देखिएको हो।
ओली पक्ष पक्षबाट ऋषिकेश पोखरेल, लीला बल्लभ अधिकारी, सुशील बुढाथोकी र श्याम राजवंशी चयन भएका छन्। राजवंशी सुनवर्षी नगरपालिकाका उपमेयर हुन्।
रञ्जना अधिकारी र गीता बानियाँ निर्विरोध निर्वाचित भएका छन्। गुणावती धामी पनि प्रतिनिधि चयन भएकी छन्। धामीको नाम पोखरेल र ओली दुवै समूहमा रहेकाले उनी कताकी हुन् भनेर यकिन छैन।
विगठित संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको सक्रियताले प्रतिनिधि चयनको पासा ओली पक्षमा पल्टिएको बताइन्छ। दुवै पक्षले रूचाएका विष्णु पोखरेल सहितका स्थानीय नेताहरुलाई उम्मेदवारी फिर्ता गराउन उनी सफल भएका थिए। यो बाहेक केही उम्मेदवारलाई भित्री रूपमा निस्क्रिय पार्दा मोरङ-२ परिणाम ओलीको पक्षमा पुगेको हो।
Shares

प्रतिक्रिया