राजनीति


एमाले महाधिवेशन प्रतिनिधि चयन : मोरङ- ६ मा पोखरेल पक्षको प्यानलै विजयी

एमाले महाधिवेशन प्रतिनिधि चयन : मोरङ- ६ मा पोखरेल पक्षको प्यानलै विजयी

एमाले नेता विनोद ढकाल


नेपालखबर
मंसिर १४, २०८२ आइतबार १३:४८, विराटनगर

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ६ मा नेता ईश्वर पोखरेल पक्षको प्यानलले पूर्ण विजय हासिल गरेको छ। सबै महाधिवेशन प्रतिनिधि पदमा पोखरेल पक्षका उम्मेदवारहरू निर्वाचित भएका हुन्।

मोरङ जिल्लाको एमाले राजनीतिमा विभिन्न गुटहरूबीच प्रतिस्पर्धा रहिआएको छ। जिल्लामा विद्या भण्डारी समूहको पनि महत्वपूर्ण उपस्थिति छ। पूर्व राष्ट्रपति भण्डारी समर्थिति नेता ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेपछि भण्डारी समूहका सबै नेता कार्यकर्ता पोखरेल पक्षमा एकीकृत भएका थिए। भण्डारीको समर्थनले मोरङमा मोर पोखरेल पक्षलाई बलियो बनाएको छ। 

पोखरेल पक्षको नेतृत्व यस क्षेत्रमा सल्लाहकार परिषद् सदस्य विनोद ढकालले गरिरहेका थिए। घोषित अन्तिम मतपरिणामअनुसार महाधिवेशन प्रतिनिधिमा ढकालले सर्वाधिक १५२७ मत ल्याएर शीर्ष स्थान हासिल गरे। त्यस्तै, सोही प्यानलबाट पीतकुमार श्रेष्ठ १२८९ मत, रमेशकुमार पोखरेल १२८६ मत र सत्यनारायण चौधरीले १२७६ मत प्राप्त गरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

महिला तर्फ सरस्वती भण्डारीले ११५८ मत र सरस्वती खरेलले १२६४ मत प्राप्त गर्दै विजयी भएका छन्। युवा तर्फ सन्तोष घिमिरेले १११८ मत ल्याएर निर्वाचित हुन सफल भएका निर्वाचन समितिले जनाएको छ। 

‘मेरो क्षेत्रमा प्यानलै बिजय भयो’, ईश्वर पोखरेल समूहका विनोद ढकालले नेपालखबरसँग भने, ‘समग्र मोरङमा २ तिहाइको टारगेट हो।’

मदन भण्डारीको गृह जिल्ला मोरङको राजनीतिक गतिविधिले केन्द्रीय राजनीतिमा पनि प्रभाव पार्ने गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad