दुई नयाँ राजनीतिक शक्तिहरू उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चुनाव प्रयोग गर्ने सहमति भएको छ। दुवै दलले उज्यालो नेपाल पार्टीको 'बिजुलीको चिम' चिह्न लिएर निर्वाचनमा भाग लिनेछन्।
उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाका अनुसार आज बुधबार भएको छलफलपछि सहमति बनेको हो। यो सहमतिलाई औपचारिक रूप दिन दुवै दलले आजै निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। हाम्रो पार्टी नेपालका तर्फबाट सदस्य दधिराज परियार र उज्यालो पार्टी नेपालका तर्फबाट सदस्य जितराम लामाले आयोगमा संयुक्त रूपमा निवेदन पेश गरेका छन्।
‘हामीबीच बिजुलीको चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको छ,’ उज्यालो नेपालका प्रवक्ता राजु थापाले नेपालखबरसँग भने, ‘हाम्रो पार्टी नेपालले अब उज्यालो नेपाल पार्टीको चिह्न प्रयोग गर्छ।’
उज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा गठन भएको पार्टी हो।
आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरिने उम्मेदवारको औपचारिक पत्र प्रदान गर्न दुवै पार्टीले पदाधिकारी तोकेका छन्। त्यस सम्बन्धी जिम्मेवारी हाम्रो पार्टी नेपालले अध्यक्ष खगेन्द्र सुनार र उज्यालो पार्टी नेपालले अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ।
सोहीबमोजिम दुवै पार्टीले आज निर्वाचन आयोगमा निवेदन दिएका छन्। हाम्रो पार्टी नेपालका तर्फबाट सदस्य दधिराज परियार र उज्यालो पार्टी नेपालका तर्फबाट सदस्य जितराम लामाले आयोगमा निवेदन पेश गरेका हुन्।
उज्यालो नेपाल पार्टी, वर्तमान सरकारका ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ को संरक्षणमा रहेको पार्टी हो। 'लोडसेडिङ अन्त्य' गर्ने उनको अभियानसँग नाम र चुनाव चिह्न बिजुलीको चिम जोडिएको यो पार्टीको अफिसियल नेतृत्व अध्यक्ष अनुपकुमार उपाध्यायले गरिरहेका छन्।
एउटै चुनाब चिह्न प्रयोग गर्ने निर्णय एक किसिमको 'सेमी मर्जर' पनि हो।
हाम्रो पार्टी नेपाल पार्टी विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएका अभियन्ता खगेन्द्र सुनारको अगुवाइमा गठन भएको हो। उनी पार्टीका अध्यक्ष हुन्। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालसँगै रेञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच पनि एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
Shares

प्रतिक्रिया