राजनीति


एमालेमा समस्या छन्, यसरी समाधान गर्न सकिन्छ: शंकर पोखरेल

एमालेमा समस्या छन्, यसरी समाधान गर्न सकिन्छ: शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेल


नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १०:२९, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका सामु चुनौती रहेको तर तिनको सामना गरिने बताएका छन्।

महासचिव पोखरेलले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै पार्टीमा देखिएका समस्या समाधानका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य रहेको उल्लेख गरेका छन्।

‘पार्टीका सामु चुनौती छन्, तर तिनको सामना गर्न सकिन्छ। समस्या छन्, समाधान गर्न सकिन्छ। निर्वाचन परिणामले जनतासँगको सम्बन्ध कमजोर भएको देखाएको गरेको छ, त्यसलाई पुनः मजबुत बनाउन पनि सकिन्छ’, उनले लेखेका छन्, ‘तर त्यसका लागि खुला आत्मसमीक्षा, कमजोरीको स्वीकारोक्ति, एकता र अनुशासन अपरिहार्य छन्। यी सबै काम संस्थागत र विधिसम्मत प्रक्रियाबाट मात्र सफल हुन सक्छन्।’

एमालेभित्र अहिले नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ। तर अध्यक्ष केपी शर्मा ओली अझै बाहिरिने पक्षमा छैनन्।

यो पनि : एमाले कार्यदललाई तल्लो तहको सुझाव: तलदेखि केन्द्रसम्मका कमिटी भंग गर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad