राजनीति


प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि एमालेले गर्‍यो दल दर्ता, नम्बर ६६

प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि एमालेले गर्‍यो दल दर्ता, नम्बर ६६

नेपालखबर
मंसिर ९, २०८२ मंगलबार १३:११, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले पनि दल दर्ताको निवेदन पेस गरेको छ। आज मंगलबार निर्वाचन आयोग पुगेर एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन्।  

यसअघि सोमबार राष्ट्रिय निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएको थियो। 

संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर पुगेको एमालेले यता भने निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएको हो।  

आचार्यका अनुसार समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ। 'राष्ट्रिय सभाको निर्वाचनका लागि हाम्रो दर्ता नम्बर ९३९ प्राप्त भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि भने ९७१ नम्बरमा दर्ता भएका छौँ। समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ,' आचार्यले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad