राजनीति


खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ गठन, आज दर्ताको प्रमाणपत्र लिइँदै

खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ गठन, आज दर्ताको प्रमाणपत्र लिइँदै

दलितलाई खै लेखेको ब्यानर बोकेका खगेन्द्र सुनार


नेपालखबर
मंसिर ८, २०८२ सोमबार ६:१५, काठमाडौँ

दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले पनि राजनीतिक दल गठन गरेका छन्। 

सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामको पार्टी गठन गरी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको हो। 

आज दल दर्ताको प्रमाणपत्र लिइने अध्यक्ष सुनारले जानकारी दिएका छन्। 

यसका लागि आज दिउँसो १२ बजे निर्वाचन आयोगको कार्यालय पुग्ने कार्यक्रम रहेको उनले बताए।

शरीरभरि नेल लगाएर काठमाडौँका सडकमा प्रदर्शन गरेर चर्चामा आएका सुनार गत कात्तिक ९ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री पदका लागि सिफारिस भएका थिए। 

तर शपथ खाने बेला उनका विचाराधीन मुद्दाका विवाद सार्वजनिक भएपछि नाम काटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad