आज (सोमबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (आइतबार) को तुलनामा केही बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस देखिएको हो। हिजो ७.८ डिग्री सेल्सियस थियो।
त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेलासम्म न्यूनतम तापक्रम अहिलेको भन्दा केही कम हुने सम्भावना हुन्छ भने कहिलेकाहीँ यही रहन पनि सक्छ।
शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ भएको थियो। त्यसपछि आइतबार झन् घटेर ७.८ डिग्री सेल्सियसमा झरेको थियो।
तर आज फेरि केही बढेको हो।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसम महाशाखाका अनुसार हिजो आइतबार यस्तो थियो तापक्रम विवरण:

Shares

प्रतिक्रिया