राजनीति


राजदूत फिर्ता प्रकरण: अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग जवाफ

राजदूत फिर्ता प्रकरण: अवहेलना मुद्दामा सर्वोच्चले माग्यो प्रधानमन्त्री कार्कीसँग जवाफ

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १५:१७, काठमाडौँ

राजदूत फिर्ता नगर्नू भन्ने आदेश कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीसँग लिखित जवाफ माग गरेको छ। 

न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलास आइतबार कार्कीसहित विपक्षीसँग लिखित जवाफ माग गर्ने आदेश जारी गरेको हो।

सरकारले असोज ३० गते चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानका राजदूतलाई २० दिनभित्र फिर्ता हुन निर्देशन दिएको थियो। 

तर सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। जसमा कात्तिक १६ गते न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गर्दै सरकारलाई उक्त निर्णय कार्यन्वयन नगर्न भनेको थियो। 

सर्वोच्च अदालतले आदेश दिएको भोलिपल्टै सरकारले कात्तिक १७ गते राजदूतहरूलाई पहिलेकै निर्णय अनुसार तत्काल फिर्ता हुन पत्र पठाएको थियो। 

सरकारले सर्वोच्चको अन्तरिम आदेशपछि पनि राजदूत फिर्ताका लागि ताकेता गरेको भन्दै अवहेलनाका दुई वटा रिट दायर भएका थिएश्र 
अधिवक्ता प्रेमराज सिलवाल र प्रतिभा उप्रेतीसहितले दायर गरेका रिटमा आइतबार यस्तो आदेश भएको हो।

तर सरकारले फिर्ता बोलाएका मध्य ४ राजदूतले राजीनामा दिइसकेका छन्। अन्य कोही परराष्ट्र मन्त्रालयमा हाजिर गर्दैछन् भने कोही बिदामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad