राजनीति


फागुन २१ को निर्वाचनका लागि यी हुन् अहिलेसम्म दर्ता भएका ४० दल

फागुन २१ को निर्वाचनका लागि यी हुन् अहिलेसम्म दर्ता भएका ४० दल

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १२:४३, काठमाडौँ

आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा भाग लिन शुक्रबारसम्म ४० दल दर्ता भएका छन्। जसमा १० दल नयाँ छन्।

निर्वाचनमा सहभागी हुन शुक्रबारसम्म ४० दल दर्ता भएका निर्वाचन आयोगले जनाएको छ। निर्वाचनम भाग लिन चाहने दललाई आयोगले मंसिर १ देखि १० गतेसम्मको समय दिएको छ। आजसहित दल दर्ता गर्न अब चार दिन मात्रै बाँकी छ। 

यस बीचमा नेपालमा आठलाख ३७ हजार भन्दा धेरै मतदाता थपिएका छन्। 

आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगका अनुसार मंसिर ५ गतेसम्म आठ लाख ३७ हजार ९४ जना मतदाताले नामावली दर्ताका लागि आयोगमा निवेदन दिएका छन्। 

जेनजी आन्दोलनपछि विघटित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले भने अहिलेसम्म दल दर्ताको लागि आयोगमा निवेदन दिएका छैनन्। 

हिजो मात्रै कांग्रेसले फागुन २१ गतेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ। तर, एमालेले भने अझै  प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताउँदै आएको छ। 

आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ। आयोगले प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको हो। राष्ट्रिय सभामा १९ सिट रिक्त हुन लागेकाे छ। माघ ११  क राष्ट्रिय सभा निर्वाचनमा भाग लिन अहिलेसम्म आठ दल  मात्रै आयाेगमा दर्ता भएका छन्।

आयोगमा शुक्रबारसम्म सूचीकृत दलको संख्या भने १२९ पुगेको छ। निर्वाचन आयोगको पछिल्लो आह्वान अनुसार १० वटा नयाँ दल दर्ता भएपछि दलकाे संख्या बढेकाे हाे। यस बीचमा केही दल भने खारेज भएका छन्।

पहिल्यै सूचीकृत भए पनि निर्वाचनमा भाग लिन पुनः दर्ता हुनुपर्ने कानुनी व्यवस्था छ।

यी हुन् फागुन २१ गते निर्वाचनमा भाग लिन निवेदन दिएका ४० दल
१. नेपाली कम्युनिस्ट पार्टी

२. राष्ट्रिय स्वतन्त्र पार्टी

३. जनता समाजवादी पार्टी नेपाल

४. जनमत पार्टी

५. जनता समाजवादी पार्टी

६. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)

७. नागरिक उन्मुक्ति पार्टी नेपाल

८. नेपाल सद्भावना पार्टी

९. राष्ट्रिय जनमोर्चा

१०. नेपाल जनता संरक्षण पार्टी

११. नेपाल जनता पार्टी

१२. राष्ट्रिय समता पार्टी नेपाल

१३. संयुक्त नागरिक पार्टी

१४. नेपाल जनमुक्ति पार्टी

१५. नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)

१६. राष्ट्रिय यथार्थवादी पार्टी नेपाल

१७. नेपाल परिवार दल

१८. राष्ट्रिय जनता पार्टी नेपाल

१९. नेपाल मानवतावादी पार्टी

२०. समावेशी समाजवादी पार्टी नेपाल

२१. जनप्रजातान्त्रिक पार्टी नेपाल

२२. विकासशील जनता पार्टी

२३. राष्ट्रिय नागरिक पार्टी

२४. राष्ट्रिय परिवर्तन पार्टी

२५. नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)

२६. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

२७. राष्ट्रिय एकता दल

२८. संघीय नेपाल पार्टी

२९. गतिशील लोकतान्त्रिक पार्टी

३०. नेपाल जनश्रमदान संस्कृति पार्टी

३१. राष्ट्रिय साझा पार्टी

३२. परिवर्तन पार्टी

३३. देश विकास पार्टी

३४. प्रगतिशील लोकतान्त्रिक पार्टी

३५. देशभक्त समाज

३६. नेपाल लोकतान्त्रिक पार्टी

३७. नेपाल मजदुर किसान पार्टी

३८. आम जनता पार्टी

३९. मंगोल नेसनल अर्गनाइजेसन

४०. बहुजन शक्ति पार्टी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad