राजनीति


महेश बस्नेतको गाडीमा मसी हान्ने कुँवरले भने- विरोध गर्ने शैली हो

महेश बस्नेतको गाडीमा मसी हान्ने कुँवरले भने- विरोध गर्ने शैली हो

नेपालखबर
मंसिर ७, २०८२ आइतबार १२:५६, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत सवार गाडीमाथि मोरङको विराटनगरमा मसी छ्याप्ने युवाले त्यसलाई विरोधको शैली भनेका छन्। स्थानीय अर्पित कुँवरले कसैलाई निषेध नगरी आफूले विरोध भने जनाएको बताएका हुन्। 

'विरोध गर्ने शैली हुन्छ, मैले कसैलाई निषेध गरेको हैन। मैले उहाँहरूको शैली र प्रवृत्तिलाई कालो झन्डा देखाएको हुँ' उनले भने। 

गएको भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा धेरैको ज्यान गएको र त्यसमा तत्कालीन सत्ताको मुख्य भूमिका रहेको भन्दै नेकपा एमालेको चौतर्फी विरोध गरिएको छ। 

कुँवर अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन्। आइतबारै सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलबाहिर उनीमाथि आक्रमणको प्रयास गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad