राजनीति


महाधिवेशन तयारी: एमालेले तिर्‍यो १७ लाख रुपैयाँ

महाधिवेशन तयारी: एमालेले तिर्‍यो १७ लाख रुपैयाँ

केपी शर्मा ओली र ईश्वर पोखरेल


नेपालखबर
मंसिर ७, २०८२ आइतबार १२:२३, काठमाडौँ

मंसिर अन्तिम साता हुने महाधिवेशनका लागि एमालेले तयारी तीब्र बनाएको छ। केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने एघारौँ महाधिवेशन काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुँदैछ।

सो ठाउँको व्यवस्थापन हेर्ने समाज कल्याण परिषदलाई पार्टीले १७ लाख ७४ हजार रुपैयाँ बुझाएको छ। पार्टीले त्यहाँको दररेट अनुसारको पैसा बुझाएको हो।

‘भृकुटीमण्डपको ठाउँ बुकिङ गरिसकेको छ। लेखाले पैसा पनि तिरिसक्यो। त्यहाँ नियमअनुसार तिर्नुपर्ने पैसा बुझाएको हो।’, केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले नेपालखबरसँग भने।

महाधिवेशन औपचारिक रुपमा २७ गतेदेखि सुरु हुने भए पनि मंसिर २६ देखिकै लागि स्थान बुक गरिएको हो। मंसिर २६ देखि २९ सम्म सो ठाउँ उपयोग गर्न एमालेले अग्रिम रकम भुक्तानी गरेको हो। 

एघारौँ महाधिवेशनमा २ हजार १ सय प्रतिनिधि सहभागी हुनेछन्। भारतबाट १० जना, अमेरिका, क्यानडा, युरोप, एशिया प्यासिफिक, खाडी र ओसिनियाबाट ३५ प्रतिनिधिले महाधिवेशनमा भाग लिनेछन्।

महाधिवेशनलाई व्यवस्थित गर्न ११ वटा उपसमिति यसअघि नै गठन भइसकेका छन्। यो पटक केपी शर्मा ओली पक्ष र विद्या भण्डारी समर्थित ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad