राजनीति


आफूनिकट सांसदसँग प्रधानमन्त्रीको दुई घण्टा छलफल, हृदयेश त्रिपाठी पनि सहभागी

आफूनिकट सांसदसँग प्रधानमन्त्रीको दुई घण्टा छलफल, हृदयेश त्रिपाठी पनि सहभागी

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ९:८,

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसदहरुसँग आज पनि छलफल गरेका छन्।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले आफू स्थिर सरकार र स्थिर पार्टी बनाउन प्रयासरत रहे पनि पार्टीभित्र समस्या देखिन थालेको भन्दै सहयोग गर्नका लागि सांसदहरुलाई आग्रह गरेका थिए।

 ‘स्थिर सरकार, स्थिर पार्टी बनाउन म प्रतिबद्ध छु', प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भेलामा सहभागी सांसद नविना लामाले भनिन्, ‘प्रधानमन्त्रीले सांसदहरुबाट सहयोगको अपेक्षा गर्नुभएको थियो।’

सांसद लामाले आफू पनि नेतृत्वलाई सहयोग गर्नुपर्छ भन्ने पक्षमा रहेको बताइन्। ‘लिडरसीपलाई प्राथमिकता दिएर जानुपछ सबैले सहयोग गरौं, हाम्रो पार्टीमा एकसे एक लिडर छन्’, सांसद लामाले नेपालखबरसँग भनिन्।

सांसदहरुसँग प्रधानमन्त्री ओलीले पार्टी एकता र जनताले लिएको म्यान्डेट पूरा गर्न आफू ५ वर्ष सरकारमा रहनुपर्ने बताएका थिए। उनले पार्टीभित्र केही अन्तरविरोध रहे पनि एकताको विकल्प नभएको भन्दै आफू हरेक विकल्पका लागि तयार रहेको बताएका थिए।

प्रधानमन्त्री ओलीले आफू निकट सांसदलाई बोलाएको उक्त भेलामा स्वतन्त्र सांसद हृदयश त्रिपाठी पनि सहभागी रहेको भेलामा सहभागी एक सांसदले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad