खेल


अर्जेन्टिनी फुटबलर डिबालाको चौथो कोरोना परीक्षण पनि पोजेटिभ

अर्जेन्टिनी फुटबलर डिबालाको चौथो कोरोना परीक्षण पनि पोजेटिभ

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ९:३,

अर्जेन्टिना तथा युभेन्ट्स फुटबल क्लबका स्टार फुटबलर पाउलो डिबालाको चौथो कोरोना परीक्षण पनि पोजेटिभ आएको छ।

गत ६ हप्तायता डिबालाको चारपटक कोरोना भाइरस ‘कोभिड १९’ को परीक्षण भएको छ। जसमा सबैमा उनको परीक्षण पोजेटिभ आएको हो।

मार्च २१ मा डिबाला र उनका प्रेमिका ओरियाना साबाटिनीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

डिबालाले केही दिन अगाडि मात्र आफूहरुमा कोरोना भाइरसको लक्षणहरु नदेखिएको बताएका थिए।

युभेन्ट्सका फुटबलर डेनिली रुघानी र ब्लेसी माटुडीमा कोरोना देखिएपछि क्रिस्टियानो रोनाल्डो र डिबालासहित युभेन्ट्सका सबै खेलाडीमा कोरोना परीक्षण भएको थियो।

मे चारदेखि युभेन्ट्सका खेलाडी अभ्यासमा फर्कँदैछन् यद्यपी डिबाला अझै निको भएका छैनन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad