कारोबार


ग्लोकल स्कुलको अनलाइन हाजिरीजवाफ प्रतियोगिता पल्लवी श्रेष्ठले जितिन्

ग्लोकल स्कुलको अनलाइन हाजिरीजवाफ प्रतियोगिता पल्लवी श्रेष्ठले जितिन्

नेपालखबर
बैशाख १७, २०७७ बुधबार ९:११,

ग्लोकल आफ्टर स्कुलले आयोजना गरेको पाँच दिने निःशुल्क अनलाइन हाजिरी जवाफ प्रतियोगिता पल्लवी श्रेष्ठले जितेकी छिन्।

युवालाई बौद्धिक गतिविधिमा संलग्न गराउन स्कुलले नलेज मास्ट्रोे नामको प्रतियोगिता आयोजना गरेको हो।

आज फाइनल राउन्डबाट ३ जना प्रतिस्पर्धी विजेता बनेको स्कुलले जनाएको छ। विजेता पल्लवीले नगद ३० हजार, दोस्रो स्थानमा नकुल रेग्मी र तेस्रो स्थानमा ईश्वर केसीलाई क्रमशः २० हजार र १० हजार प्रदान गरिएको थियो।

भिडियो कन्फरेन्समार्फत अनलाइन आयोजित प्रतियोगिता ग्लोकल आफ्टर स्कूल र ईसेवाको फेसबुक च्यानलमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

२४ अप्रिलदेखि २८ अप्रिल २०२० सम्म आयोजित प्रतियोगितामा २ सयभन्दा धेरै सहभागीहरूले नकआउट चरणमा भाग लिएका थिए। जुन शीर्ष २४ जनाले अर्को दुई दिन प्रतिस्पर्धा गरेर सेमीफाइनलको लागि छनोट भएका थिए। १६ जना सेमिफाइनलपछिको चरणबाट आफ्नो अंकको अनुरुप ८ जना प्रतिस्पर्धी फाइनल राउण्डमा प्रवेश गरेका हुन्।

ग्लोकल प्रा.लि.का कार्यकारी निर्देशकआशिष ठाकुरले भने, ‘अनलाइन क्विजको सम्पूर्ण प्रक्रिया नलेज मास्ट्रो यंग एडिसन पनि हाम्रो लागि नयाँ थियो, हामीले अनलाइनगतिविधिहरूमायुवाहरूलाई सचेत, सीप र उत्प्रेरित गर्ने उद्देश्यका साथ काम गर्ने प्रयास गर्यौं।’

नलेज मास्ट्रो नबिल बैंक र इसेवाको सहकार्यमा आयोजित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad