राजनीति


शासकीय प्रणाली परिमार्जन गर्न सके मात्र युवा आकांक्षाको सम्बोधन हुन्छ: प्रचण्ड

शासकीय प्रणाली परिमार्जन गर्न सके मात्र युवा आकांक्षाको सम्बोधन हुन्छ: प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १२:१९, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको भावनासँग ‘जेन–जी’ पुस्ताका युवाको भावना मिलेको बताएका छन्। 

विस्तृत शान्ति सम्झौता १९ वर्ष पूरा भएको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु हो। अहिले ‘जेन–जी’ युवा पुस्ताले समेत यही मूल्य, भावना र स्पिरिटका साथ आवाज उठाइरहेका छन्।’

उनले शान्ति सम्झौताको आत्माअनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाहरूको आकांक्षाको सम्बोधन हुन सक्ने बताएका छन्।

‘यस ऐतिहासिक दिनमा, विगतको गम्भीर समीक्षा गर्दै वर्तमान नेपाली समाजमा देखा परेका समस्याहरू समाधान गर्न सबै पक्षको एकताबद्ध प्रयासका लागि म विशेष अपील गर्दछु,’ प्रचण्डको सन्देशमा भनिएको छ। 

यस अवसरमा प्रचण्डले शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्येका एक तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई विशेष स्मरण र सम्मान व्यक्त गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad