समाज


ललितपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नेपालखबर
मंसिर ५, २०८२ शुक्रबार १२:३३, काठमाडौँ

ललितपुरको बालकुमारीमा माइक्रो बस (हाइस)को ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित सडकमा बागमती प्रदेश ०१-००३ क ५९३१ नम्बरको हाइसको ठक्करबाट पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवासको शुक्रबार बिहान मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad