नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरामा जेन–जीको नाममा माओवादी र राजावादीहरूले एयरपोर्टलगायतका स्थानहरूमा तोडफोड गरेको आरोप लगाएका छन्।
एमाले निकट राष्ट्रिय युवा संघ नेपालको आयोजना गरेको युवा भेलामा आफूलाई जानबाट रोक्न एमाले विरोधीहरूले सिमरा एयरपोर्टमा बन्द हुनेगरी तोडफोडमा उत्रेको दाबी गरेका हुन्। २५/३० जना माओवादी, राजावादीसहितका विभिन्न शक्तिहरूले एमालेको विरोध गर्न सो अपराधिक गतिविधि गरेको नेता बस्नेतको भनाई थियो।
उनले बुधबार अपरान्ह एक कार्यक्रममा पत्रकारहरूमाझ लोकतान्त्रिक पद्धतिलाई अंगीकार गर्न नसक्नेहरूले बारामा आफ्नो पार्टीलाई कार्यक्रम गर्न पनि निषेध गरेको जिकिर गरे।
उनले भने, ‘सिमरामा पाँच दलीय गठबन्धन गरेर माओवादीले जितेको छ। अब अर्को चोटी जित्दैन। अब पनि जित्ने एमालेले नै हो। अब राप्रपाको पनि प्रभाव रहेछ। उनीहरू अब राजा ल्याउनु पर्छ भनेर लागेका छन्। अब त्यहाँ धेरै शक्ति मिलेर २५/३० जना जम्मा भएका रहेछन्। गेट भत्काएका छन्। हाम्रा फोटोमा लात्तीले हानेछन्। त्यहाँका स्थानीय युवाहरूले यो लोकतान्त्रिक पद्धतिमा यति त नगर्नुन। कार्यक्रममा आउन दिन त रोक्नु भएन नि। ए बाबा उहाँहरुको कार्यक्रममा तपाईहरुको आपत्ति रहेछ। त्यसमा फरक मत भए त अर्को कार्यक्रम गरे भयो। नसके घरमा चुक्कुल लगाएर लाइभ हाने पनि भयो।’
नेता बस्नेतले वर्तमान सरकारले चुनाव नगराउने पार्टीको अडान पुष्टि हुँदै गएको दाबी समेत गरे। –
Shares

प्रतिक्रिया