राजनीति


दुर्गा प्रसाईंलाई भेट्न गएका ९ जना पनि पक्राउ

दुर्गा प्रसाईंलाई भेट्न गएका ९ जना पनि पक्राउ

फाइल तस्बिर


नेपालखबर
मंसिर २, २०८२ मंगलबार १५:२८, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन्। 

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए। उनीहरू चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ। 

'उहाहरू अहिले हाम्रो नियन्त्रणमा हुनुहुन्छ। सोधपुछ भइरहेको छ,' उनले भने, 'कोही के भन्नुहुन्छ। कसैले के भन्नुहुन्छ हामी बुझ्दैछौँ।'

प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएको आरोपमा सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो। 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई थप ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ।

आजै नागरिक बचाउ महाअभियानका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै प्रसाईंलाई २४ घण्टाभित्र रिहाइ गर्न माग गरेका छन्। 

दुर्गा प्रसाईंले मंसिर ७ गते आन्दोलन घोषणा गरेपछि सरकारले त्यसलाई निस्तेज पार्न उनका समर्थकमाथि पनि निगरानी बढाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad