राजनीति


निर्वाचनको वातावरण बनाउन सबैको सहमति आवश्यक : प्रचण्ड

निर्वाचनको वातावरण बनाउन सबैको सहमति आवश्यक :  प्रचण्ड

नेपालखबर
मंसिर १, २०८२ सोमबार १३:२६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलहरूको सहमति अपरिहार्य भएको बताएका छन्। 

सरकारले घोषणा गरेको फागुन २१ गतेको निर्वाचन नियत समयमै हुनुपर्नेमा जोड दिँदै राजनीतिक दलहरूबीच आपसी सहमति, जिम्मेवारीबोध र गम्भीर सहभागिताले मात्र निर्वाचनको वातावरण निर्माण हुने बताए।

‘सबै सहमत भएर, सबैले जिम्मेवारीपूर्वक र गम्भीरतापूर्वक निर्वाचन प्रक्रियामा लाग्नुपर्छ,’ प्रचण्डले भने, ‘घोषित मितिमा नै चुनाव होस् भन्नका लागि सबै दलबीच सहमति हुनु आवश्यक छ।’

यस्तै, उनले पार्टीको जिम्मेवारी बाँडफाँड र एकताको सन्देशसहितका कार्यप्रक्रिया पार्टीको आगामी मंगलबार बस्ने बैठकमा टुंग्याइने जानकारी दिए। 

जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपमा अघि बढाउने समझदारी भएको प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad