राजनीति


पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल

पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल

नेपालखबर
कात्तिक २९, २०८२ शनिबार ११:१९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई पदाधिकारी र सात कार्यकारिणी सदस्य थप गर्ने भएको छ।

केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। सात कार्यकारिणी सदस्यमा मधेशी दलित एक, महिला दुई, मुस्लिम एक र खुला तीन रहनेछन्। 

आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचन मार्फत पदपूर्ति गरिने बस्नेतले जानकारी दिए। पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ सदस्यीय र केन्द्रीय कार्यकारिणी समिति ४१ सदस्यीय हुनेछ।

यसअघि जसपा नेपालले केन्द्रीय समितिमा पाँच सदस्य थप गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad