राजनीति


डिजिटल मतदान, पर्चाबाटै प्रचार (तस्बिरहरू)

डिजिटल मतदान, पर्चाबाटै प्रचार (तस्बिरहरू)

सबै तस्बिरहरू: सरोज नेपाल/नेपालखबर


नेपालखबर
असार १०, २०८३ बुधबार १३:१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने भएको छ तर उम्मेदवार भने पर्चा पम्प्लेटबाटै प्रचार गरिरहेका छन्। 

भतरपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतदानको तयारी भइरहेको छ। त्यसका लागि विद्युतीय मेसिन प्रयोग गरिने भएको छ।

त्यस्तै, विदेशमा रहेका प्रतिनिधिले अनलाइनबाटै पनि मतदान गर्न सकिने व्यवस्था गरिएको रास्वपाको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। 

तर, रास्वपाका उम्मेदवार भने पर्चा पम्प्लेटबाटै प्रचार गरिरहेका छन्। उनीहरू घाँटीमा पर्चा झुण्ड्याएर भोट मागिरहेका छन्। 

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब ९९ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ। अहिलेसम्म तीन सयभन्दा बढीले उम्मेदवारी दिएका छन्। आज दिनभर उम्मेदवारी दिने समय तोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad