राजनीति


ओलीजीले जुन ट्याउँट्याउँ गर्नुभएको छ, उहाँ चुनावमा यत्तिकै आउनुहुन्न : घनश्याम भुसाल (भिडिओ)

ओलीजीले जुन ट्याउँट्याउँ गर्नुभएको छ, उहाँ चुनावमा यत्तिकै आउनुहुन्न : घनश्याम भुसाल (भिडिओ)

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार ११:०, काठमाडौँ

‘नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान’का संयोजक घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सजिलै निर्वाचनमा सहभागी नहुने आरोप लगाएका छन्। 

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य चुनावका लागि ओली मात्रै बाधक रहेको आरोप लगाउँदै उनले राजनीतिक दल, समाज र नागरिकले ओलीलाई 'लतार्नुपर्ने' बताएका छन्। 

‘चुनाव नहुनुपर्ने कुरामा अहिले हेर्दाखेरि ओलीजी मात्रै बाधक हुन्। अरू कुनै कुराले चुनाव रोकिँदैन। अहिले देखिएको ओलीजी मात्रै हो’, न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले भनेका छन्, ‘तर मलाई के लाग्छ भने सबैले चुनाव प्रचारप्रसार सुरु गरिसकेपछि ओलीजी पनि लतारिनुबाहेक उहाँसँग अर्काे कुनै उपाय हुँदैन। केही कारणले भवितव्य, अरू कारणले प्राविधिक कारणले भयो भने त्यो सर्‍यो भने अर्को कुरा हो। नत्र भने सरकारको तयारी हिसाबले अरू राजनीतिक वातारणका हिसाबले चुनाव सार्नुपर्ने नहुनुपर्ने कुनै कारण देखिँदैन। ओलीजीले अहिले जुन ट्याउँट्याउँ गर्नुभकोछ, उहाँ सम्भवतः चुनावमा यत्तिकै आउनुहुन्न, उहाँलाई मुलुकको राजनीतिले समाजले नागरिकले लतार्नेछन्।’

भिडिओ-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad