राजनीति


गृह मन्त्रालयमा सरकारसँग वार्तामा बसे दुर्गा प्रसाईं

गृह मन्त्रालयमा सरकारसँग वार्तामा बसे दुर्गा प्रसाईं

नेपालखबर
कात्तिक २६, २०८२ बुधबार १३:३, काठमाडौँ

सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता जारी छ। 

आज बुधबार सिंहदरबारस्थित गृहमन्त्रालयमा प्रसाईंको अभियानका प्रतिनिधिसँग सरकारले छलफल गरेको हो। 

छलफलमा प्रसाईं भने गएका छैनन्। उनले अभियानको तर्फबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौलालगायतलाई पठाएका छन्। 

प्रसाईंले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्। यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली काँग्रेस विपीसँग सहकार्य गरेका छन्। 

प्रसाईं पछिल्लो समय काठमाडौँ महानगरभित्र रहेका विभिन्न सुकुम्वासी बस्तीमा घरदैलो गर्दै काठमाडौँ महानगर र महानगरका मेयर बालेन्द्र शाहविरुद्ध उत्रिन उक्साइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad