फोनपे पेमेन्ट सर्भिस लिमिटेडको छैटौं वार्षिक साधारणसभा म्यारियट होटल, नक्साल, काठमाडौंमा सम्पन्न भएको छ।
सोमबार भएको साधारणसभाले आ.व. २०८१/८२ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ।
फोनपेको सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा बसेको सो वार्षिक साधारण सभामा फोनपेका सेयरधनीहरूलाई चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने, स्वतन्त्र सञ्चालकमा पुनः सशीन जोशीलाई नियुक्त गर्ने तथा आ.व. २०८२/८३ का लागि एनबीएसएम एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय भएको थियो।
साथै, विशेष प्रस्ताव अनुरुप फोनपेको प्रबन्धपत्र तथा नियमावलीलाई संशोधन गर्ने तथा सर्वसाधारणहरुलाई सेयर निष्काशन गर्ने समेत निर्णय भएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया