वामदेव गौतम नेतृत्वको नेकपा (एकीकरण अभियान) निर्वाचन आयोगले खारेज गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीको गठनपछि गौतमले आफू नेतृत्वको नेकपा एकीकरण अभियान खारेजको लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।
गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो।
तत्कालीन नेकपाको विभाजन हुँदा गौतमले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी कतै पनि नलागी आफ्नै नेतृत्वमा नेकपा एकीकरण अभियान गठन गरेका थिए।
गौतम नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। उनी अहिले सो पार्टीमा चौथो बरियतामा छन्।
438
Shares

प्रतिक्रिया