प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरू तथा निर्णयसँगै नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति हुने सम्भावना छ।
नेपाल प्रहरीका महानिरीक्षक चन्द्रबहादुर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन्। खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीको टुंगो लगाउने सम्भावना छ। भावी आईजीपीमा पहिलो नम्बरका एआईजी दानबहादुर कार्कीसँगै राजन अधिकारी, मनोजकुमार केसी र शिद्धीविक्रम शाहको चर्चा छ।
जेन-जी आन्दोलनपछि केसी आईजीपीका बलियो प्रतिस्पर्धी, दानबहादुरको सम्भावना बढी
396
Shares

प्रतिक्रिया