राजनीति


मधेस सरकार गठनप्रति एमालेकै सचिव योगेशको असन्तुष्टि, अतिवादले विनाश गर्ने चेतावनी

मधेस सरकार गठनप्रति एमालेकै सचिव योगेशको असन्तुष्टि, अतिवादले विनाश गर्ने चेतावनी

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार ११:४५, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस सरकार गठनमा देखिएको समस्या संविधानसम्मत ढंगले समाधान गर्न मधेसका राजनीतिक दल, नागरिक समाजलगायत सम्बद्ध सबैलाई अपिल गरेका छन्।

मधेस प्रदेशकी प्रमुख सुमित्रादेवी भण्डारीले आज बिहानै एक होटलमै एमाले मधेस संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्दै शपथ खुवाएकी थिइन्। उनले संविधानको धारा १६८ को-३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री बनाएकी हुन्। 

तर यसप्रति एमालेभित्रै असन्तुष्टि देखिएको हो। 

यसै क्रममा एमाले सचिव भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज देशमा उत्पन्न विषम परिस्थिति तथा मधेश प्रदेशको भौगोलिक तथा राजनीतिक संवेदनशीलतालाई ख्यालमा राखेर संविधानसम्मत निकासका लागि संवाद र छलफलको माध्यमबाट अघि बढ्न मधेस प्रदेशमा क्रियाशील राजनीतिक दल, नागरिक समाज लगायत सम्बद्ध सबैमा हार्दिक अनुरोध गर्दछु। अतिवादले विनाश मात्र गर्छ, सचेत बनौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad