राजनीति


रेशम चौधरी भन्छन्ः जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु

रेशम चौधरी भन्छन्ः जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु

नेपालखबर
कात्तिक २३, २०८२ आइतबार २१:११, काठमाडौँ

पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डीपीआरसहित आफू लागिपरेको बताएका छन्।

नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुगेका उनले यस्तो बताएका हुन्। आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैँ राजनीति बुझेर बाहिर आएको उनको भनाई थियो। 

नेता चौधरीले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डीपीआर लागू गर्दै अघि बढ्ने बताए। जनताले गरेका इच्छा, आकंक्षालाई लक्ष्यमा पुर्‍याउनु हरेक नागरिकको कर्तव्य भएको उनको भनाइ छ। 

उनले भने, ‘जनताले गरेका इच्छा,आकंक्षालाई लक्ष्यमा पुर्‍याउनु हरेक नागरिकको कर्तव्य हो। राजनीतिमा परिवार भन्ने हुँदैन। पहिला जनता र त्यसपछि देश हुन्छ। देश र जनता मिलाउन सक्नु अर्को फरक कुरा हो। परिवार मिलाउन सक्नु नसक्नु फरक कुरा हो। राजकाज र राजनीति भनेकै देश र जनताको क्षेत्राधिकारको कुरा हो। लक्ष्यमा जनता कसरी समेट्ने भन्ने हो। जनताको आकंक्षा र अपेक्षा पूरा गर्न लाग्नेछौँ। ८ वर्ष कारागारमा रहेर अध्ययन गरेको राजनीतिक युनिभर्सिटीले मलाई छुट्टै एउटा देश बनाउने डीपीआर खडा गर्न बाध्य बनायो।’ 

नेता चौधरीले राजकाज र राजनीति भनेकै देश र जनताको लागि भएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad