राजनीति


सरकार र शीर्ष नेताबीच देखिएको दूरीले निर्वाचनमा जटिलता थपियो: अध्यक्ष दाहाल

सरकार र शीर्ष नेताबीच देखिएको दूरीले निर्वाचनमा जटिलता थपियो: अध्यक्ष दाहाल

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०८२ आइतबार १६:५६, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकार र शीर्ष नेताहरूबीच देखिएको दूरीले फागुन २१ गते तोकिएको निर्वाचन तयारीमा जटिलता थप्नसक्ने आशंका व्यक्त गरेका छन्। 

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उनले यस्तो बताएका हुन्। आगामी निर्वाचनका तयारीका सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलहरूबीच अपेक्षित सहकार्य नदेखिएको उनको भनाइ छ।

उनले निर्वाचन जस्तो संवैधानिक प्रक्रियामा राजनीतिक दलहरूको सक्रियता र सहकार्य अपरिहार्य भए पनि अहिले त्यस्तो वातावरण बन्न नसकेको बताए। 

उनले २०६९ सालमा खिलराज रेग्मीको नेतृत्वमा बनेको चुनावी सरकारले निर्वाचन गराउनसक्ने अहिले किन नसक्ने भन्ने प्रश्न उठे पनि त्यो बेला र अहिले फरक परिस्थिति रहेको धारणा राखे। 

यस्तो छ उनको भनाइ

सरकार र मुख्यमुख्य दलहरुबीचको सहकार्य जसरी यो निर्वाचन गर्नको लागी हुनुपर्थ्यो, त्यो भएको स्थिति हामी पाउँदैनौँ। मुख्य दलका मुख्य नेताहरुसँग छलफल भइरहेको स्थिति हामीले अझै पनि पाउँदैनौँ। अझै नी कतै न कतै त्यहाँ एउटा खालको ग्याप छ। हुनत २०६९ मा खिलराजको नेतृत्वमा बनेको सरकार नी चुनावी सरकार अन्तरिम सरकार उसले गर्न सक्दा किन गर्न सक्दैन भन्ने कुरा एउटा थियो। तर त्यो बेला राजनितिक दलहरुको सहमतिमा र राजनितिक दलकै फिडव्याकमा सरकार बनेको हुनाले काम गर्न निर्वाचन आयोगलाई पनि सरकारलाई पनि सजिलो थियो। अहिले एक ढंगले भन्ने हो भने राजनीतिक दलका मुख्य नेताहरू संलग्न भएको स्थिति हामीले पाउँदैनौ। किन त्यस्तो भइरहेको छ?, कि राजनीतिक दलले जान्नुपर्यो कि त सरकारले। तर पनि निर्वाचन भनेको राजनीतिक दलकै सहभागितामा हुने हो। राजनीतिक दल बेगरको चुनाव बहुदलिय व्यवस्थामा सम्भव नै छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad