राजनीति


शर्मा, भुसाल र विप्लवबीच भेटवार्ता

शर्मा, भुसाल र विप्लवबीच भेटवार्ता

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार ११:१४, काठमाडौँ

प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच आज बिहान भेटवार्ता भएको छ। 

शर्मा र भुसाल विप्लवलाई भेट्न शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासममै पुगेका थिए।  

माओवादी केन्द्र, एकीकृत एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच कात्तिक १९ गते भएको एकता प्रक्रियाप्रति शर्मा, भुसाल र विप्लव असन्तुष्ट छन्। 

एमाले र नव गठित नेकपासँग असन्तुष्ट वामपन्थी नेताहरूबीच छुट्टै ध्रुवीकरण हुने चर्चा चलिरहेको बेला तीन नेताबीच छलफल भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad