राजनीति


नेकपाका ९ सचिवालय सदस्यमध्ये ५ जना यहीँ हुनुहुन्छ, त्यसैले मुल पार्टी यही हो : माधव नेपाल

नेकपाका ९ सचिवालय सदस्यमध्ये ५ जना यहीँ हुनुहुन्छ, त्यसैले मुल पार्टी यही हो : माधव नेपाल

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार १७:१९, काठमाडौँ

नवगठित नेपाली कम्युनिस्टपार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूले गठन गरेको नयाँ पार्टी नै कम्युनिस्टको मुल पार्टीको निरन्तरता भएको दाबी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले भने, ‘एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा हामीले गठन गरेका थियौँ। त्यतिखेरका सबै प्रमुख नेता यही उपस्थित हुनुहुन्छ।’

उनले त्यतिबेला गठन भएको ९ सदस्यीय सचिवालयको उल्लेख गर्दै भने, ‘त्यो सचिवालयमा प्रचण्ड, म आफैँ, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ हुनुहुन्थ्यो। ती ९ मध्ये ५ जना अहिले पनि यो नयाँ पार्टीमा जोडिनु भएको छ। त्यसैले अहिले पनि मुल पार्टी यही भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad