राजनीति


राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज

राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक आज

फाइल तस्बिर


नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १२:४५, काठमाडौँ

राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठक नवदुर्गा पार्टी प्यालेस सुकेधारामा बस्नेछ। दिउँसो १:०० बजेबाट सुरु हुने बैठकमा मुलुकको पछिल्लो राजनितीक घटनाक्रम र भावी कार्यदिशाका बारे अध्यक्ष कमल थापाले धारणा राख्नेछन्। 

पछिल्लो समय मुकुकमा भैरहेको राजनीतिक ध्रुवीकरणका बारेमा बैठकमा विश्लेषण हुने तथा राष्ट्रवादी, राजावादी, हिन्दूवादी, भ्रष्टाचार तथा संघीयता विरोधी र सुशासन चाहनेहरू बीचको एकता र मोर्चावन्दीको आवश्यकतालाई पनि गहिरो ढंगले बैठकमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। 

उनका अनुसार निर्वाचन प्रयोजनका निमित्त दल दर्ता र निर्वाचन तयारीलगायत समसमायिक विषयमा छलफल हुनेछ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad