समाज


अंशको विवादमा छोराले गरे बुबाको हत्या

अंशको विवादमा छोराले गरे बुबाको हत्या

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार १३:७, विराटनगर

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–१ फेदापमा छोराले चिर्पट प्रहार गरी बुबाको हत्या गरेका छन्। ३१ वर्षीय सन्देश राईले ६९ वर्षीय बुबा युवराजको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीका अनुसार आइतबार सन्देशले मदिरा सेवन गरेका बेला बुबासँग अंश (सम्पत्ति बाँडफाँट)सम्बन्धी विषयमा विवाद भएपछि चिर्पट प्रहार गरी हत्या गरेका हुन्।

मदिरा खाएको अवस्थामा छोरालाई अंश नदिने कुरा गरेपछि विवाद चर्किएको र सोही क्रममा हत्या भएको डीएसपी अनिष कर्णले जानकारी दिए। 

घटनापछि युवराज राईको शव घर नजिकैको करेसाबारीमा फेला परेको थियो। घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले सन्देश राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घरमा बुबा र छोरा मात्र बस्दै आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad