नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक पार्टी मुख्यालय पेरिडाँडाँमा जारी छ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) सँगको पार्टी एकताबारे विस्तृत छलफल भइरहेको छ। एकीकृत समाजवादीले शुक्रबार मात्र माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो।
एकीकृत समाजवादीको उक्त निर्णयपछि माओवादी केन्द्रले तत्काल सचिवालय बैठक बोलाएको हो। आजको बैठकबाट माओवादीले एकीकृत समाजवादीसँगको एकताबारे औपचारिक निर्णय गर्ने छ।
माओवादी केन्द्रले यसअघि नै केन्द्रीय समिति बैठकबाट कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नुपर्ने निर्णय गरिसकेको थियो।
186
Shares

प्रतिक्रिया