राजनीति


महाधिवेशनको कार्यतालिकाबारे कांग्रेस बैठकमा जुटेन सहमति

महाधिवेशनको कार्यतालिकाबारे कांग्रेस बैठकमा जुटेन सहमति

नेपालखबर
कात्तिक १५, २०८२ शनिबार १६:३५, काठमाडौँ

आसन्न महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ। 

शनिबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा निर्वाचन अघि वा पछि महाधिवेशन गर्ने भन्ने विषयमा एकमत बन्न नसकेपछि बैठक बिना नतिजा सकिएको हो।

बैठकपछि पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूबीच मतभेद क्रमशः घट्दै गएको र सहमतिको नजिक पुगेको जानकारी दिए। ‘पदाधिकारी बैठकमा केन्द्रीय समितिको छलफललाई कसरी सर्वसम्मत निष्कर्षमा पुर्‍याउने भन्नेबारे चर्चा केन्द्रित भयो,’ महतले भने, ‘हामी धेरै नजिक पुगेका छौं, अन्ततः समान दृष्टिकोणबाट निष्कर्ष निकालिनेछ भन्ने विश्वास छ।’

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टीभित्र दुई धार देखिएका छन्। संस्थापन पक्षले आम निर्वाचनपछि, आगामी वैशाखतिर महाधिवेशन गर्न उपयुक्त हुने अडान लिएको छ भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचनअघि नै विशेष या नियमित महाधिवेशन गर्नुपर्ने माग गर्दै आएका छन्।

यही मतभेदका कारण जारी कांग्रेस केन्द्रीय समितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad