राजनीति


संसदको लेखा समितिले थाल्यो स्वास्थ्य सामग्री खरिद काण्डको छानविन, ७ दिनभित्र कागजात पेश गर्न निर्देशन

संसदको लेखा समितिले थाल्यो स्वास्थ्य सामग्री खरिद काण्डको छानविन, ७ दिनभित्र कागजात पेश गर्न निर्देशन

नेपालखबर
बैशाख १४, २०७७ आइतबार ८:५७,

संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद काण्डको छानविन सुरु गरेको छ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनी चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा एक नीजि कम्पनीलाई बिना प्रतिस्पर्धा सम्झौता गरेकाे र पछि सो कम्पनीसँग सम्झौता रद्द गरेको थियो।

समितिले सो सम्बन्धमा छानविन गर्नका लागि सरकारलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन भनेको छ।

स्वास्थ्य सेवा विभाग मार्फत् बिना प्रतिस्पर्धा ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकोमा सो खरिद सम्झौता रद्द गरिएकोले त्यसबारे समितिले छानविन कार्य अघि बढाउन आवश्यक देखेकोले सो प्रकरणको छानविन सुरु गरिएको समितिले जनाएको छ।

‘सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजातहरु तथा खरिद प्रक्रियामा भए गरेको सम्पूर्ण कागजातहरु सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिनु हुन निर्देशानुसार अनुरोध छ,’ समितिका सचिव डा. रोजनाथ पाण्डेद्वारा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई लेखिएको पत्रमा भनिएको छ।

सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता प्रतिबद्धताअनुसार नगरेको भनी चैत १९ गते रद्द गरेको थियो।

याे पनि: 
चीनबाट सामग्री ल्याउन ओम्नीसँग गरिएको सम्झौता रद्द, कम्पनी कालोसूचीमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad