यहाँ एक युवकलाई आफ्नै बुवाको हत्या गरेको अभियोग लागेको छ। सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति ५४ वर्षीय पिता बुदेको हत्या गरेको आरोप लागेको हो।
अभियुक्त सुरजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए। घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको प्रहरीले बताएको छ।
सुरजलाई यही वैशाख १ गते आमाको पनि हात भाँचेको अभियोग लागेको छ। मुचुल्कापछि शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी प्रमुख खतिवडाले बताए। रासस

प्रतिक्रिया