ग्लोबल


‘चाँडै’ भेटवार्ता गर्दै ट्रम्प र नेतन्याहु

‘चाँडै’ भेटवार्ता गर्दै ट्रम्प र नेतन्याहु

फाइल फोटो: डोनाल्ड ट्रम्प र बेन्जामिन नेतन्याहु


नेपालखबर
असार २०, २०८३ शनिबार १०:१८, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ‘चाँडै’ भेटवार्ता गर्ने भएका छन्। 

इजरायलको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरी नेतन्याहु र ट्रम्प चाँडै भेट्ने कार्यक्रम रहेको जानकारी दिएको हो।

दुई नेताबिच फोन वार्ताका क्रममा भेट्ने सहमति भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। 

फोन वार्ताका क्रममा नेतन्याहुले ट्रम्पलाई संयुक्त राज्य अमेरिका स्थापनाको २५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बधाई दिए।

विज्ञप्तिअनुसार नेतन्याहुले भने, ‘अमेरिका विश्वमा स्वतन्त्रताको ग्यारेन्टर हो र इजरायलले दुई देशबिचको घनिष्ठ सम्बन्धलाई धेरै महत्त्व दिन्छ।’

तर नेतन्याहु र ट्रम्पबिच भेटवार्ताको मिति तय भइसकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad