राजनीति


जनमतकी निलम पासवान बनिन् लुम्बिनी प्रदेश सभा सदस्य

बधाई दिँदै सीके राउतले भने- धैर्य राखे आफैँ पाइन्छ, दुई डुंगामा खुट्टा राखे बल्ड्याङ् खाइन्छ
जनमतकी निलम पासवान बनिन् लुम्बिनी प्रदेश सभा सदस्य

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार ८:२६, काठमाडौँ

लुम्बिनी प्रदेश सभाको समानुपातिकतर्फ रिक्त सांसद पदमा जनमत पार्टीबाट निलम पासवान निर्वाचित भएकी छन्।

लुम्बिनी प्रदेश सभामा रिक्त रहेको समानुपातिक सांसदको एक पदमा निर्वाचन आयोगले पासवान निर्वाचित भएको घोषणा गरेको हो। 

जनमत पार्टीको समानुपातिक तर्फको बन्दसूची ४ को दलित कलस्टरको १ नम्बरमा नाम रहेकी पासवानलाई प्रदेश सभा सदस्यमा निर्वाचित गरिएको आयोगले जनाएको छ। 

यसअघि आदिवासी जनजाति कलस्टरबाट प्रदेश सभा सदस्य बनेकी गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो ठाउँ रिक्त थियो। जनमत पार्टीले कलस्टर अनुसार नाम सिफारिस गरेपछि पासवान सांसद निर्वाचित भएकी हुन्। 

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ रुपन्देहीकी पासवान पार्टीकी कार्यकारणी सदस्यसमेत हुन्। 

पासवान सांसद निर्वाचित भएपछि अध्यक्ष सीके राउतले बधाई दिएका छन्। 

पासवानलाई बधाई दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धैर्य राखेपछि आफैँ पाइन्छ, कहिले यता कहिले उता, कहिले दुई डुंगामा खुट्टा राखे बल्ड्याङ् लडिन्छ। हार्दिक बधाई‌ एवं सफल कार्यकालको शुभकामना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad