राजनीति


एमालेसँग विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु लम्पसार पर्नु हो : नेपाल

एमालेसँग विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु लम्पसार पर्नु हो : नेपाल

नेपालखबर
कात्तिक १२, २०८२ बुधबार १३:३६, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको सबैभन्दा अहंकारी प्रधानमन्त्री भएको आरोप लगाएका छन्।

बुधबार काठमाडौँमा सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सत्तामा रहेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्युत गर्ने काम भयो। उनको शासन र पार्टी सञ्चालनको तरिकाको बारेमा हामी सबै भुक्तभोगी छौं।’

उनले एमाले विभाजन गरेर नयाँ पार्टी बनाउने निर्णयको औचित्य स्पष्ट भएको दाबी गर्दै भने, ‘एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने र आत्मसमर्पण गर्ने कुरा बाहेक अरु केही होइन। त्यो हामीलाई स्वीकार्य थिएन।’

अध्यक्ष नेपालले ओली प्रवृत्तिविरुद्धको संघर्ष आवश्यक भएको र त्यसकै परिणामस्वरूप एकीकृत समाजवादी गठन गरिएको स्पष्ट पारे। उनका अनुसार, ‘देशभरका कार्यकर्ताहरु ओली प्रवृत्तिका विरुद्ध जुध्नका लागि तयार भएका थिए, त्यसैले हामीले नयाँ पार्टी निर्माण गर्न बाध्य भयौं।’

उनले थपे, ‘हामीले महाधिवेशन र केन्द्रीय कमिटी बैठक दुबैमा हाम्रो विद्रोहको औचित्य पुष्टि भएको अनुमोदन गरिसकेका छौं। अहिलेको घटनाक्रमले झन् प्रष्ट पारेको छ कि हामीले लिएको निर्णय ठिक थियो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad